अगस्टमा विश्वमा खाद्यान्नको मूल्य स्थिर



संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को खाद्य मूल्य सूचकाङ्क अगस्टमा स्थिर रहेको छ । अघिल्लो महिनाको तुलनामा अगस्टमा चिनीको मूल्य विश्वव्यापीरूपमा घटेको छ भने दुग्ध उत्पादनको मूल्य बढेको छ ।

दुग्धजन्य उत्पादनको उप–सूचकाङ्क जुलाईको तुलनामा अगस्टमा औसतमा २.२ प्रतिशतले र एक वर्ष अघिको तुलनामा १४.२ प्रतिशतले बढेको एफएओले शुक्रबार जनाएको छ ।


यो वृद्धि उच्च आयात माग र युरोप र ओशिनियाका मुख्य दुग्ध उत्पादन गर्ने देशहरूमा सूचीको अभावको कारणले भएको हो । यो अवधिमा नौनी घ्यू (मक्खन) को मूल्य सबैभन्दा बढी बढेको र अहिलेसम्मको सबैभन्दा उच्च विन्दुमा पुगेको छ ।

यसैबीच, चिनीको मूल्य जुन जुलाईको तुलनामा ४.७ प्रतिशतले घटेको छ । भारत र थाइल्याण्डमा उत्पादनमा देखिएको वृद्धि मूल्यमा आएको कमीका लागि जिम्मेवार मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here