अखिल क्रान्तिकारीमा नयाँ नेतृत्व चयनअघि उमेरको हदबन्दीका लागि निर्वाचन हुने



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दीको निर्णय निर्वाचनमार्फत टुंग्याउने भएको छ ।

उमेरको हदबन्दी लगाउनुपर्छ भन्ने पक्षमा रहेकालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतपत्रमा २८, ३० र ३२ वर्षको उमेर हदको विकल्पमा मतदानबाट निर्णय गर्न दिर्नेशन दिएको नेता मदन भुलले बताए । उनका अनुसार अब पहिला उमेरको हदबन्दी टुंगो लगाउन निर्वाचन हुनेछ ।


अनि मात्र नेतृत्व चयनको लागि मतदान हुन्छ । अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी छ । नेयाँ नेतृत्वमा दाबेदार धेरै भएपछि सहमति जुटेको छैन । साथै उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा पनि प्रतिनिधिहरू एकमत छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here