४२ जिल्लामा खुल्यो दशैं-तिहारलक्षित सहुलियत पसल, केमा कति छुट पाइन्छ ?



काठमाडौं । सरकारले आजदेखि दशैं-तिहारलगायत चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीस्तरीय निर्णयबमोजिम खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो। त्यसका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । काठमाडौं उपत्यकामा भने थापाथली, रामशाहपथ, नख्खु, सूर्यविनायका बिक्री कक्षहरु सञ्चालनमा रहेका छन् । उपत्यकाका सुपथ मूल्य पसलमा अनलाइन अर्डरमार्फत होम डेलिभरी सेवा समेत रहेको छ।


सुपथ मूल्य पसलमार्फत विभिन्न खाद्यान्न बिक्री गरिनेछ भने उपभोक्ताले विशेष छुट पनि पाउनेछन्। कम्पनीका अनुसार विभिन्न प्रकारका चामल, विभिन्न प्रकारका दालमा प्रतिकेजी ५ रुपैयाँ छुट पाइनेछ।

त्यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी/प्रतिलिटर ७ रुपैयाँ छुट दिइएको छ। यसैगरी कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा जुम्ली मार्सीमा प्रतिकेजी ७ रुपैयाँ, जिउँदो खसीबोका च्यांग्रा, डीडीसी घ्यूमा प्रतिकेजी १० रुपैयाँ छुट पाइनेछ।

आवश्यकताअनुसार खाद्यान्न परिचालन गर्न ठेक्काको व्यवस्था समेत गरिसकेको कम्पनीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here