०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने एमालेको लक्ष्य, यस्तो छ वार्षिक कार्ययोजना



काठमाडौं । २०८४ मा सम्पन्न हुने आम निर्वाचनमार्फत पार्टीलाई बहुमतप्राप्त पहिलो र बलियो शक्ति बनाउने उद्देश्यसहित एक वर्षे कार्ययोजना बनाएको नेकपा एमालेले केन्द्रले बनाएका कार्ययोजनाहरु कार्यान्वयन गर्न सबै तहका पार्टी कमिटीलाई सर्कुलर गरेको छ ।

महासचिव शंकर पोखरेलले भदौ ३१ गते जारी गरेको वार्षिक कार्ययोजनामा ०८२ को नवीकरण र विस्तारमा वडामा मतदाता संख्याको कम्तीमा तीन प्रतिशत, पालिका र जिल्लामा मतदाताको कम्तीमा ६ प्रतिशत पार्टी सदस्य पुर्‍याउने पूर्वनिर्धारित लक्ष्य पूरा गर्ने गरी योजना बनाएर कार्यान्वयन गर्ने उल्लेख छ ।


“पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनसम्म प्रत्येक पालिका कमिटीले कुल सदस्यको संख्या ३३ प्रतिशत महिला सदस्य पुर्‍याउने गरी योजना बनाई कार्यान्वयन गर्ने । सदस्यता विस्तार गर्दा मापदण्डको पालना गर्दै नयाँ सदस्यहरूको आवेदन लिने र त्यसमाथि प्रक्रियाबमोजिम आवश्यक निर्णय गर्ने काम निरन्तर जारी राख्ने । नयाँ सदस्यता प्रदान गर्नुअघि अनिवार्य आधारभूत तहको प्रशिक्षण तथा परीक्षा लिने प्रणाली व्यवस्थित गर्ने,” कार्ययोजनामा भनिएको छ ।

https://drive.google.com/file/d/1kkOcNrlMsmij_ZmO6y2rCWQYlakHrw0s/preview

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here