हड्ताल अन्त्य गर्न इजरायली अदालतको आदेश



इजरायलको श्रम अदालतले गाजामा बन्धक बनाइएका बन्धकहरुको रिहाईका लागि भएको सम्झौताको समर्थनमा देशको सबैभन्दा ठूलो युनियनले आह्वान गरेको हडताल रोक्न सोमबार आदेश दिएको छ।

हडतालको ‘राजनीतिप्रेरित’ प्रकृतिलाई उदृत गर्दै तेल अभिभ श्रम अदालतले जारी गरेको र एएफपीले प्राप्त गरेको फैसलामा भनिएको छ, “हामी हडताललाई निषेध गर्न राष्ट्रव्यापी आदेश जारी गर्दैछौं,”


युद्धविरामको विरोध गर्ने अति दक्षिणपन्थी नेता तथा अर्थमन्त्री बेजालेल स्मोटरिचले अदालतलाई हडतालमा प्रतिबन्ध लगाउन आग्रह गरेपछि अदालतले यस्तो आदेश दिएको हो ।

अदालतले हिस्टाद्रूत युनियनका अध्यक्षलाई सङ्केत गर्दै हडताल आर्थिक कारणले नगरिएको पुष्टि गर्न भनेको छ ।

युनियनका अध्यक्ष अर्नोन बार डेभिडले आइतबार हडतालको आवश्यकताबारे व्याख्या गर्दै भने, “गाजाको सुरुङमा हाम्रा बालबालिकाको हत्या भइरहँदा हामी चुप रहन सक्दैनौँ । इजरायलमा युनियनलाई आर्थिक कारण र श्रमिकको अधिकारका लागि मात्र हडताल आह्वान गर्ने अधिकार छ तर राजनीतिक बिषयलाई लिएर हडताल गर्न बन्देज लगाइएको छ ।

हिस्ताद्रुत ट्रेड युनियनले सोमबार बिहान ६ बजेदेखि देशव्यापी हड्तालको आह्वान गरेको छ । सेनाले गाजाबाट बन्धक बनाइएका छ जनाको शव निकालेको घोषणा गरेपछि आइतबार व्यापक प्रदर्शन भएको थियो ।

स्वास्थ्य मन्त्रालयले ती छ जनालाई हमासले नजिकबाट गोली हानेको जनाएको छ । हडतालपछि इजरायलका केही भागहरू बन्द गरिएका थिए भने धेरै क्षेत्रहरू प्रभावित भएनन्।

तेल अभिव नजिकैको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा केही उडानमा ढिलाइ भएको र बिहान स्थानीय समय अनुसार बिहान १० बजेसम्म कुनै पनि उडान हुन सकेको थिएन ।

तेल अभिभ र उत्तरी तटीय शहर हाइफाले हडतालको आह्वानलाई प्रतिकार नगरेपनि सबै नगरपालिकाहरूले आफ्ना गतिविधिहरू सञ्चालन गरेको बताएका छन्।