‘स्पेसएक्स’ फ्लोरिडाको तटमा अवतरण



वासिङ्टन । ‘स्पेसएक्स पोलारिस डन’ मिसनमा गएका दुई अन्तरिक्ष यात्रीले निजी अन्तरिक्ष यानबाट पृथ्वीको करिव ७०० किलोमिटर माथि अन्तरिक्षमा पाइला टेकेर (स्पेसवाक गरी) इतिहास रचेपछि फर्केको अन्तरिक्ष यान आइतबार बिहान फ्लोरिडाको सामुद्रिक तटमा अवतरण गरेको छ ।

ड्रयागन अन्तरिक्ष यान स्थानीय समयअनुसार आइतबार बिहान ३ः३७ बजे समुद्रमा अवतरण भएको थियो । अवतरणपछि यान र चालक दलको उद्धारका लागि उद्धारकर्ताको टोली तैनाथ गरिएको थियो । यानलाई पानीबाट निकालेको आधा घण्टापछि उद्धारका लागि तैनाथ गरिएको जहाजमा राखी स्टेसनतर्फ लगिएको छ ।


चालक दलका सदस्य तथा स्पेसएक्सका इन्जिनियर अन्ना मेनन यानबाट सबैभन्दा पहिला निस्कएका थिए भने त्यसपछि क्रमशः इन्जिनियर सारा गिलिस, चालक स्कट पोटेट र कमान्डर जारेड आइज्याकम्यान देखिएका थिए ।

वित्तीय प्रविधि (फिनटेक) का अर्बपति आइज्याकम्यानको नेतृत्वमा चार सदस्यीय टोलीले गत मङ्गलबार केनेडी स्पेस सेन्टरबाट अन्तरिक्ष यात्रा तय गरेका थिए ।

टोली नेता आइज्याकम्यानले ‘स्काइवाकर’ नामक संरचनामा टेकेर पृथ्वीको रोचक दृश्य हेर्दै ‘स्पेसवाक’ गरेका थिए । उनी केही मिनेटपछि फर्किनुभएपछि दोस्रो अन्तरिक्ष यात्री, स्पेसएक्स इन्जिनियर गिलिसले पनि ‘स्पेसवाक’ गरेका थिए ।

नासाका प्रमुख बिल नेल्सनले यो मिशनले व्यावसायिक अन्तरिक्ष उद्योगका लागि ‘ठूलो छलाङ’ भएको साथै स्पेसएक्सका लागि अर्को विजयी उपलब्धि भएको पनि बताए ।

वित्तीय प्रविधि फिनटेकका अर्बपति आइज्याकम्यानको नेतृत्वमा गएको चार सदस्यीय टोलीले गत आधा शताब्दीमा खतरनाक भ्यान एलेन विकिरण क्षेत्रमा प्रवेश गर्दै ब्रह्माण्डको गहिराइमा यात्रा गरेको हो ।

अपोलो मिसनपछि पृथ्वीबाट मानवले यात्रा गरेको यो अहिलेसम्मकै सबैभन्दा टाढाकोे अन्तरिक्ष केन्द्रभन्दा तीन गुणा बढी अर्थात् ८७० माइल (१,४०० किलोमिटर) को उचाइमा पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here