सुरुङमार्ग नजिकै झरेको लेदो सहितकाे पहिराेले नौबिसे-नागढुङ्गा सडक दुईतर्फि अवरुद्ध



धादिङ । त्रिभुवन राजपथअन्तर्गत नौबिसे नागढुङ्गा सडकखण्ड लेदोसहितको पहिरोले अवरुद्ध भएको छ । धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक दुईतर्फि अवरुद्घ भएको हो । लुम्बिनी प्रदेश ०१००१ ज ०००५ नम्बरको स्कार्पियो जीप लेदोमा फसेको छ ।

निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्ध हुँदा सवारीको जाम लागेको छ । काठमाडौँबाट पूर्व–पश्चिमका जिल्लातर्फ छुटेको यात्रु बससहित साना ठूला सबै सवारी सडकमै रोकिएका छन् ।


राजमार्गमा ठूलो मात्रामा लेदो थुप्रो लागेकोले खुलाउन पाँच घण्टाभन्दा बढी समय लाग्ने जिल्ला प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए । निरन्तर पानी परिरहेकाले लेदो पन्छाउन कठिनाइ भइरहेको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here