साहित्य महोत्सव आयोजकको पीडा : ‘आयोजनापछि हेल्मेट लगाएर हिँड्नुपर्छ’



काठमाडौँ। साहित्यिक महोत्सवका लागि आर्थिक अभाव झेल्नुपरेको आयोजकर्ताहरूले बताएका छन्।

तेस्रो काठमाडौँ कलिङं साहित्य महोत्सवमा ‘साहित्यिक महोत्सवको आवश्यकता र महत्व’ शीर्षकमा बोल्दै आयोजकहरूले महोत्सव गर्दाको दौडधूप र आर्थिक अभावको विषयमा अनुभव सेयर गरे।


इलाम साहित्य महोत्सवका आयोजक प्रकाश थाङ्सुुहाङले साहित्यिक महोत्सव सञ्चालन गर्न आवश्यक पैसाको अभाव हुने गरेको बताए। आर्थिक सहयोग संकलन गर्दाको अनुभव सुनाउँदै भने, ‘ कार्यक्रम सकिएपछि नयाँ नम्बरबाट फोन आयो भने उठाउन पनि डर लाग्छ, कसैले चिन्छ भनेर हेलमेट लगाएर हिँड्नपर्छ।’

जनकपुर साहित्यक महोत्सवका आयोजक अमित कुमार शाहले अहिलेसम्म पाँचौँ संस्करण सम्पन्न गरे। तर महोत्सवमा आर्थिक सहयोगका लागि सम्झौता भए पनि सहयोग नपाएको अनुभव सुनाए।

शाहले भने, ‘महोत्सव गर्ने बेलामा आर्थिक सहयोगको सम्झौता हुन्छ तर पैसा उठाउन भने समस्या नै हुने गरेको छ। सम्झौता अनुसार सहयोग पाउन सकेको छैन।’

साहित्यकार तथा लेखक शैलेन्द्र अधिकारीले साहित्यिक महोत्सवको मुख्य उद्देश्य पढ्ने संस्कृति विकास गर्नु रहेको बताए।

उनले भने, ‘नेपाली साहित्य र अहिलेको जेन्जी पुस्ताबीच ठूलो खाडल छ, जेन्जीलाई साहित्य बुझाउनु नै महोत्वको मुख्य उद्देश्य हुन्छ।’ महोत्सवले विद्यार्थीहरू सन्तुष्ट हुन नसकेको बताउँदै उनले ‘जेन्जी पुस्ता’को भाषामा नै साहित्य बुझाउन आवश्यक रहेको बताए। उक्त सत्रको सञ्चालन सञ्चारकर्मी राधिका अधिकारीले गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here