सहकारी ठगी प्रकरण: म्याद थपका लागि पूर्वडीआईजी जोशीलाई अदालत लगियो



काठमाडौं । आइतबार काठमाडौंबाट पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई म्याद थपका लागि अदालतमा उपस्थित गराईएको छ । जोशीलाई आइतबार राती पोखरा लगिएको थियो । उनलाई आज जिल्ला अदालत कास्कीमा पेश गरिएको हो ।

जोशी विदेश जाने तयारी गरेकोले जरुरी पक्राउ पुर्जी दिएर काठमाडौंबाट पक्राउ गरिएको हो । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।


सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो ।

सहकारी रकम छानबिन संसदिय विशेष समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि प्रमुख पात्रका रुपमा किटान गरेको छ ।

विभिन्न सहकारीको रकम ऋणको रुपमा निकाल्ने काममा उनको समेत प्रमुख भूमिका रहेको समितिको निष्कर्ष छ । समितिको निर्णय कार्यान्वयनको निर्णय भएलगत्तै जोशी पक्राउ परेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here