सहकारी ठगी प्रकरणमा मेरो संलग्नता नरहेको पुष्टि भयोः रवि लामिछाने



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको बताएका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले प्रतिवेदनको पूर्ण स्वरुप हेर्न नपाएपनि सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको छानबिन समितिले स्पष्ट पारेको बताए।


गोर्खा मिडियामा लगानीकर्ताले ल्याएको स्रोत हेर्ने काम आफ्नो नभएको भन्दै उनले संस्थामा रहेको रकम एमडीको रुपमा आन्तरिक काममा खर्च गरेको उल्लेख गरे।

लामिछानले वास्तविक सहकारी ठगहरुलाई कारबाही गर्नबाट पछि हट्न नहुने बताए। आफू संस्थामा रहेका बेला संस्थाको रकम दुरुपयोग नभएको उनले दावी गरे।

त्यस्तै रास्वपाका अन्य नेताहरुले सहकारी हिनामिनाको आरोपमा रवि लामिछाने पूर्णरुपमा निर्दोष रहेको पुष्टि भएको धारणा राखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here