सहकारी क्षेत्रले नक्कलीको विगविगी खेपिरहेको छ, विवाह, अंशबण्ड फेक छन्ः सूर्य थापा



काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले प्रतिनिधि सभामा प्रतिवेदन पेश गरेका छन् । समितिले तीन महिनाभन्दा बढी समय लगाएर अनुसन्धान गरी प्रतिवेदन तयार गरेको थियो । कूल सात सदस्यीय उक्त समितिले प्रतिवेदनमा आज हस्ताक्षर भएको थियो ।

प्रतिनिधि सभालाई सम्बोधन गर्दै सभापति थापाले नेपालको सहकारीले नक्कली विगविगी खेपिरहेको बताए । सहकारीका सन्दर्भमा विवाह, अंशबण्ड, शेयर सदस्य, ऋणी, बचत प्रणाली, लेखा परीक्षणलगायतका कुरा नक्कली पाइएको बताए ।


‘नेपालको सहकारी क्षेत्रले नक्कलीको विगविगी खेपिरहेको छ । यहाँ विवाह फेक हुन्छ, अंशबन्ड फेक छन् । साधारण सभा फेक छन्, प्रतिवेदन फेक प्रस्तुत गरिन्छन् । शेयर सदस्य फेक बनाईन्छन्, फेक ऋणी कायम गरेर हाम्रो मन,। मुटु, हृदयमा रहेका सम्मानित गायक रामकृष्ण ढकाल फेक ऋणीको रुपमा प्रताडना खेपिरहनुभएको छ । मान्छेका आश्वासन फेक छन्, बचत प्रणाली र लेखा परीक्षण फेक छन् । सहकारी विपरीतका क्रियाकलाप छन् । कानुनविपरीत र इमानविपरीतका कार्य भइरहेका छन्,’– उनले भने । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here