सवारी दुर्घटनामा एक जनाकाे मृत्यु



भद्रपुर (झापा)। जिल्लाको विर्तामोड नगरपालिका–१० ठुटेबरमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिश न्यौपानेको मृत्यु भएको छ।

गएराति बिर्तामोड नगरपालिकाको बिर्ता बजारबाट सैनिक बजारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्रीलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए।


उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएको न्यौपानेको आज बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३८ वर्षीय टिकाराम रायको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मेची नदीको बीचमा शव भेटियो 

भद्रपुर नगरपालिका–३ झोलुङ्गे पुलस्थित मेची नदीको बीच भागमा एक व्यक्तिको शव भेटिएको छ । प्रनाउ चन्दका अनुसार कालो पाइन्ट लगाएको, शरीरको माथिल्लो भागको कपडा नभएको आधा शरीर पुरिएको घोप्टो अवस्थामा शव फेला परेको बताए।

प्रहरीका अनुसार उक्त शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here