सर्वसाधारणका लागि धरहरा खुला गरिँदै

;'gwf/fdf gjlgld{t w/x/f sf7df8f}F, !) j}zfv M ;'gwf/fdf gjlgld{t w/x/f . oxL j}zfv !! ut] zlgaf/ cf}krfl/s ?kdf o;sf] pb3f6g ug]{ sfo{qmd 5 . lj;+= @)&@ j}zfv !@ ut]sf] e"sDkaf6 k"0f{ ?kdf Iflt ePsf] w/x/fsf] glhs of] lgdf{0f ul/Psf] 5 . t:jL/ M /Tg >]i7, /f;;


काठमाडौँ । भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ देखि अस्थायी रुपमा धरहरा खुला गर्ने निर्णय गरेको हो।


२०७२ वैशाख १२ को शक्तिशाली भूकम्पले ढलाएको धरहरा आधुनिक, सुविधायुक्त र बलियो बनाइएको छ । अबको धरहरा अपांगता भएकाहरूले पनि चढ्न र हेर्न सजिलो छ ।

बाहिरीस्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना भने फरक छ। यसमा प्राचीन धरहराको गजुरबाहेक अरू कुनै सामग्री प्रयोग भएको छैन।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमै २०७८ बैशाख ११ गते धरहराको उद्घाटन गरेपनि निर्माण कार्य सम्पन्न नहुँदा अहिलेसम्म सर्बसाधारणका लागि खोलिएको थिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here