सरकारी र निजी शिक्षाबीचको विभेद अन्त्य गर्नुपर्छः अध्यक्ष लिङ्देन



झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले शिक्षा क्षेत्रमा भइरहेको विभेद अन्त्य गर्न लागिपर्ने धारणा राखेका छन् । 

बाल दिवसका अवसरमा शनिबार बाल सञ्जाल भद्रपुर–७ द्वारा आयोजित ‘विद्यार्थीहरूसँग सांसद कार्यक्रममा उनले सरकारी र निजी शिक्षाबीचको विभेद अन्त्य गरिनुपर्ने बताए । 


सरकारी उदासीनताका कारण वर्तमान शिक्षा प्रणालीमा परिवर्तन हुन नसकेको बताउँदै उनले अबको पुस्ता नेपालमै बस्ने वातावरण बनाउन सोही अनुसारको शिक्षा जरुरी रहेकामा जोड दिए । 

कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले पछिल्लो समय बालबालिका लागू औषधको दुर्व्यसनमा फस्न थालेकाले यसप्रति सबै सजग हुनुपर्ने आवश्यकता औँल्याए ।  

भद्रपुर–७ बाल सञ्जालका अध्यक्ष नवीन तिम्सेनाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नगर युवा परिषद्का अध्यक्ष आरोग्य तिम्सेनाले गरेका थिए ।  भद्रपुर नगरक्षेत्रमा २२ हजार नौ सय ७५ जना बालबालिका रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here