सरकारविरुद्ध षड्यन्त्र गरेको आरोपमा भेनेजुएलाद्वारा अमेरिकी र स्पेनी नागरिक पक्राउ



बीबीसी । भेनेजुएलाले राष्ट्रपति निकोलस मदुरोको सरकारविरुद्ध षड्यन्त्र गरेको आरोपमा एक जना सैनिकसहित तीन अमेरिकी नागरिकलाई पक्राउ गरेको छ ।

दुई स्पेनी र एक चेक नागरिक पनि नियन्त्रणमा लिइएका छन्। आन्तरिक मामिलामन्त्री डियोसडाडो कबेयोले उनकै शब्दमा ‘फाँसीवादी आक्रमण’ मा प्रयोग गर्न लागिएका ४०० बन्दुक कब्जा गरिएको बताए ।


उनले अमेरिकी अधिकारीहरू संलग्न रहेको आरोप लगाएको भएपनि अमेरिकी विदेशमन्त्रालयले त्यसको खण्डन गरेको छ । जुलाईमा सम्पन्न भएको विवादास्पद राष्ट्रपतीय निर्वाचन यता भेनेजुएलाको अमेरिका र स्पेनसँग सम्बन्ध थप खराब भएको छ ।

हालै वासिङ्टनले चुनावमा धाँधली गरेको आरोपमा १६ जना भेनेजुएलाका अधिकारीमाथि प्रतिबन्ध लगाइएको थियो । म्याड्रिडले विपक्षी उम्मेदवार एडमुन्डो गन्जालिजलाई शरण दिएको छ। दुवै देशले मडुरोले नभई उनले निर्वाचनमा जित हासिल गरेको पर्याप्त प्रमाण रहेको बताउने गरेका छन् ।

भेनेजुएलाका आन्तरिक मामिला मन्त्रीले पक्राउ परेका व्यक्तिहरूले राष्ट्रपति मदुरो र अन्य उच्च अधिकारीहरूको हत्याको षडयन्त्र गरिरहेको बताए ।

भेनेजुएलाको सरकारले गिरफ्तार गरिएका स्पेनीहरू म्याड्रिडस्थित राष्ट्रिय गुप्तचर केन्द्रका अधिकारीहरू रहेको बताएको छ। तर स्पेनी सरकार सम्बद्ध स्रोतले स्थानीय सञ्चारमाध्यमलाई ती दुई जना गुप्तचर संस्थाहरू सम्बद्ध नरहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here