सङ्खुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका– २ चित्लाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्र्याक्टर दुर्घटनामा परी चैनपुर–२ का १९ वर्षीय लीलाबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । 

चैनपुरको सिद्धपोखरी–नुनढाकी सडकखण्डमा आज दिउँसो खाद्यान्न बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टरको डालीमा बसेका तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 


सिद्धपोखरी बजारदेखि खाद्यान्न बोकेर चित्लाङतर्फ गइरहेको प्रदेश १–०२००३ त १७६३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।