संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले सहकारी ठगी सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संसदमा पेस भई कार्यान्वयनका लागि संसदबाट सरकारलाई पठाइएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।


प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने बताएका थिए । एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित समितिले सोमबार संसदमा प्रतिवेदन पेस गरेको थियो ।

उक्त प्रतिवेदनलाई सभामुखले आवश्यक कारबाहीका लागि सरकार पठाएका थिए । प्रतिवेदनका रास्वपा सभापति रवि लामिछाने, उनका व्यापारिक साझेदार जीबी राई र छविलाल जोशीलगायतलाई कारबाही गर्न सिफारिस गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here