संवैधानिक परिषद्को बैठक जारी, प्रधानन्यायाधीश सिफारिस गरिने



काठमाडौं । प्रधानन्यायाधीश सिफारिसका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिषद्को बैठक सुरु भएको हो ।

आजको बैठकमा प्रधानन्यायाधीश, निर्वाचन आयुक्तलगायत संवैधानिक पदहरुमा सिफारिस गर्ने एजेण्डामा छलफल भइरहेको छ । बैठकमा परिषद्का सबै सदस्यहरु सहभागी रहेका छन् ।


प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here