श्रीलङ्काले क्षयरोग उपचारमा नयाँ प्रयोग गर्ने



श्रीलङ्काले क्षयरोगको उपचारमा नयाँ उपचार पद्धतिलाई अगाडि बढाउने भएको छ । सरकारले नयाँ उपचार पद्धतिको प्रभावकारिता अध्ययन गर्न श्री जयवर्धनेपुरा विश्वविद्यालय र इन्टरनेशनल युनियन अगेन्स्ट ट्युबरकुलोसिस एन्ड लङ डिजिजेज (आयुएटीएलडी) बीच एक समझदारी पत्र (एमओयू) गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

सुचना विभागका अनुसार श्रीलङ्कामा क्षयरोग दोस्रो सङ्क्रामक रोग हो । सन् २०२१ मा क्षयरोग रोकथाम उपचारमा विश्व स्वास्थ्य सङ्गठनको सिफारिसपछि श्रीलङ्काको लागि एक दिशानिर्देश तयार गरिएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रचार विभागले जनाएको छ ।


विभागले क्षयरोग नियन्त्रण र छाती रोगको राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रस्तावित उपचार मोडलको प्रभावकारिता अवलोकन गर्न अध्ययन गर्ने अपेक्षा गरिएको छ । आयुएटीएलडीले तीन लाख ८७ हजार २८० अमेरिकी डलरको आर्थिक अनुदान उपलब्ध गराउन सहमत भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here