श्रीलंका डेभलपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित



काठमाडौं । श्रीलंका डेभलपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल पाँच विकेटले पराजित भएको हो। नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंका २६.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका क्रिसन सन्जुलाले सर्वाधिक ६८ रन बनाए।

६० बल खेलेका उनले १० चौका प्रहार गरे। नेपालका गुलसन झा र कप्तान सोमपाल कामीले समान दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ४० ओभरमा सबै विकेट गुमाउँदै १५९ रन बनाएको थियो । नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ४३ रन बनाए।


५० बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे। कुशल मल्ल ३५, अनिलकुमार साह ३५ र करण केसी १५ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। श्रीलंकाका गरुका संकेथले सर्वाधिक चार विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here