विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह



काठमाडाैँ। प्रधानमन्त्री केपी ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षि जनक विश्वविद्यालयलाई आग्रह गरेका छन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार भएको उक्त विश्वविद्यालयको आठौँ साधारणसभा बैठकमा प्रधानमन्त्री एवं कुलपति ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका समस्याको समाधानका लागि संयुक्त रूपमा प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन्।


प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास र पृष्ठभूमिसँग जोडिएको जनकपुरमा रहेको सो विश्वविद्यालयले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र यहाँका वैभवका विषयमा ध्यान दिन आग्रह गरे।

उनले भने, ‘नेपालको आफ्नै पौराणिकता छ, यसको आफ्नै गौरव छ, विश्वका कतिपय मुलुकहरू अस्तित्वमै नआएका वेला हाम्रो पुुर्खाहरू ज्ञान–विज्ञानको शास्त्रार्थ गर्दै थिए, हाम्रा असंगठित विश्वविद्यालयका रूपमा शिवलाई मानिन्छ, त्यस अर्थमा यस भूभागले विश्वलाई प्रेरणा दिएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here