वायुसेवा निगमका अध्यक्ष अधिकारीको जवाफ : कोरोना र महँगो ब्याजका कारण निगम घाटामा (पूर्णपाठसहित)



काठमाडौं । नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई जवाफ पठाएका छन् । मन्त्री पाण्डेले अधिकारीलाई गत भदौ १२ गते स्पष्टीकरण सोधेका थिए ।

अध्यक्ष अधिकारीले नेपाल एयरलाइन्स घाटामा जानुको मुख्य कारण कोरोना महामारी, महँगो ब्याजदर र चिनियाँ जहाज रहेको उल्लेख गरेका छन् ।


नागरिक उड्डयन प्राधिकरणले ग्राउन्ड ह्याण्डलिङमा गरेको सेवा शुल्क कटौतीले पनि आम्दानी घटाएको उनको जवाफ छ । प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अनिवार्य गर्दा आम्दानी घटेको अधिकारीको भनाइ छ । जवाफमा भनिएको छ, ‘गौतमबुद्धको उडानले गर्दा काठमाडौँ–दिल्ली–काठमाडौँ सेक्टरको उडान रद्द गर्नुपरेको र यसले आम्दानी गुमाउनुका साथै गलत सन्देश प्रवाह गरेको छ ।’

पोखरा र भैरहवा विमानस्थलको ग्राउन्ड ह्याण्डलिङमा गरिएको लगानी तथा त्यहाँ राज्यले अरु कम्पनीलाई दिएको छुटले पनि आम्दानी घटाएको जवाफमा उल्लेख गरिएको छ । त्यसका साथै कोरोना महामारीको कारणले उडानमा भएको कमीले आम्दानी घटेको अधिकारीले जवाफ पठाएका छन् । 

https://drive.google.com/file/d/1bAjIHkW-F4rvO8ukvD2CarRX1UBXq7Me/preview

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here