रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा



काठमाडाैँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दैछ। पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे छलफल हुने बताइएको छ।

आजको बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र त्यसउपर छलफल गर्ने तयारी रहेको छ।त्यस्तै, बैठकमा असोज १ र २ गते काठमाडौंमा आयोजना गर्ने राष्ट्रिय भेलामा सहभागिता हुने प्रतिनिधिको नाम र रिपोर्टबारे जानकारी गराउने, राष्ट्रिय भेलाको हालसम्मको तयारीका बारे पनि छलफल हुने जनाइएको छ ।


कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सञ्चालन गरिने दुईदिने भेलामा देशभरबाट एक हजार पाँच सय प्रतिनिधिले सहभागिता जनाउने रास्वपाको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here