रविलक्षित शंकर पोख्रेलको टिप्पणी : आफ्नो कम्पनीमा कहाँबाट पैसा आउँछ थाहा नपाउने कस्तो सिइओ ?



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै कुनै पनि कम्पनीको सीईओले कम्पनीमा कहाँबाट पैसा आउँछ र त्यसको खर्च कसरी हुन्छ भन्ने दायित्व लिनुपर्ने बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा सहकारीको रकम गएकोमा उनको पनि दायित्व हुने बताएका हुन् । उनले सहकारी प्रकरणबाट वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भएको बताए ।


उनले भनेका छन्, ‘कुनै कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँवाट आउछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिइओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ । अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?’

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति लामिछानेले सहकारीबाट आएको रकम अपचलन गरेको ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here