युक्रेनका लागि इटालीको दृढ र स्पष्ट समर्थन : प्रधानमन्त्री मेलोनी



इटालीका प्रधानमन्त्री जोर्जिया मेलोनीले शनिबार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको वार्तापछि युक्रेनका लागि आफ्नो दृढ समर्थन रहेको बताएकी छन् । “हामीले युक्रेनसँगको समर्थन त्याग्नु हुँदैन”, उत्तरी इटालीको सेर्नोबियोमा आयोजित आर्थिक फोरमको बैठकपछि रुससँगको युद्ध अन्त्य गर्ने प्रयास र पुनर्निर्माणको सनदर्भमा मेलोनीले भनिन् ।

जर्मनीको ‘रामस्टेन एयरबेस’मा आयोजित सम्मेलनमा थप हतियार सहयोगका लागि आह्वान गरेको केही घण्टापछि राष्ट्रपति जेलेन्स्कीले शुक्रबार युरोपेली ‘हाउस–एम्ब्रोसेट्टी’ फोरमलाई सम्बोधन गरेका थिए जहाँ वासिङ्टनले २५ करोड डलरको नयाँ सैन्य सहायतामा प्रदान गर्ने घोषणा गरेको थियो ।


यस वर्ष जी–७ को अध्यक्षता गर्ने मेलोनीको सरकार सन् २०२२ फेब्रुअरीमा रूसी सेनाले आक्रमण गरेदेखि युक्रेनको सबैभन्दा बलियो समर्थकहरू मध्ये एक हो । तर मस्कोसँग न्यानो सम्बन्ध रहेका उहाँको गठबन्धन सरकारका केही सदस्य यो समर्थनबाट कम उत्साहित छन् ।

रोमले कियभलाई रुस आक्रमणमा प्रयोग गर्न नपाइने र युक्रेनी इलाकामा मात्र प्रयोग गर्नुपर्ने शर्तमा हतियार सहयोग गर्दै आएको छ । शनिबार फोरमलाई सम्बोधन गर्दै मेलोनीले युक्रेनका लागि इटालीको समर्थन “अत्यन्त गम्भीर, दृढ र स्पष्ट” रहेको बताइन् । उनले युद्धबाट डराएका र चिन्तित इटालीका जनतालाई रूसी प्रचारको जालमा नपर्न आग्रह गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here