‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातबाट निधन



काठमाडौं । केही दिनअघि मात्रै ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको निधन भएको छ । पाँचौं ’मिस्टर काठमाडौं’ शारीरिक सुगठन प्रतियोगिताका विजेता ४५ वर्षीय राईलाई असहज भएपछि बुधबार बिहान ग्रान्डी अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा निधन भएको मिस्टर काठमाडौं आयोजक काठमाडौं जिल्ला बडि बिल्डिङ संघका अध्यक्ष सुरेश सुवेदीले जानकारी दिए ।


राईले केही दिन अघि ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए । मोरङको बेलबारीका राई टिम म्यानेजरसहित होटलमा बस्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here