मितेरी सहकारीका अध्यक्ष कुम्मराज भन्छन्-धनराज दम्पतीको सम्बन्ध बिच्छेद नक्कली !



काठमाडौं । मितेरी सहकारीका अध्यक्ष कुम्मराज गुरूङले कांग्रेस उपसभापति धनराज गुरुङले श्रीमतीसँग ५ वर्षअघि सम्बन्ध बिच्छेद गरेको कुरा गलत भएको बताएका छन् ।

बिहीबार महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीको स्थलगत निरीक्षणका लागि पुगेको सहकारी बचत अपचलन सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिका पदाधिकारीलाई सहकारीका अध्यक्ष गुरूङले सम्बन्ध बिच्छेद नक्कली भएको बताएका हुन् ।


त्यसक्रममा अध्यक्ष गुरुङले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङले गरेको रकम हिनामिना र त्यसपछि धनराज आफैं सञ्चालक समिति बैठकमा बसेर रकम फिर्ता गर्ने भनी गरेको सम्झौताबारे जानकारी गराएका थिए । उनले एक महिनाजति अघिमात्र धनराजले सम्बन्ध बिच्छेद भएको भनिएकी श्रीमती ज्योतिको नाममा ऋण समेत तिरेको बताए ।

धनराजले भने २०७६ सालमै ज्योतिसँग सम्बन्ध बिच्छेद भइसकेको र ज्योतिले गरेको सहकारी बचत हिनामिनासँग आफ्नो सम्बन्ध नरहेको बताउँदै आएका छन् ।

हेर्नुस् भिडियो

https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2Fsurya.thapa.754918%2Fvideos%2F1054311459632314%2F&show_text=false&width=560&t=0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here