माओवादी केन्द्रले राष्ट्रियसभाको प्रत्यायोजित विधायन समिति सभापतिमा उम्मेदवारी दिने



काठमाडाैँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित विधायन समिति सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा उम्मेदवारी दिने र उम्मेदवारमा सांसद मायाप्रसाद शर्मालाई उठाउने निर्णय गरिएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।


बैठकले विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । ती समिति सभापतिको निर्वाचन यही भदौ ३१ गते सोमबार दिउँसो १ बजे हुने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको छ । माओवादी केन्द्रले सहमतिका लागि पहल गर्ने नभए प्रक्रियामा गएर भए पनि विजयी गराउने निर्णय गरेको प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।

यस्तै, बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं सङ्घीय संसद्मा पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराएका थिए ।

माओवादी केन्द्रले आफूहरूले सञ्चालन गरेको ‘जनयुद्ध’ को अपमान गर्ने गरी प्रतिनिधिसभामा पटक पटक अभिव्यक्ति आएको भन्दै सो विषयमा उचित निरूपण नहुँदासम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here