महिला लिग फुटबलः चन्द्रपुर र बागमतीबीचको खेल बराबरी



काठमाडौँ । एन्फा महिला लिग फुटबल प्रतियोगितामा चन्द्रपुर नगरपालिका र बागमती युवा क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयका आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडे । यो खेलसँगै चन्द्रपुरले चार खेलमा ६ अङ्क जोडेको छ । चन्द्रपुर अङ्क तालिकाको छैटौँ स्थानमा रह्यो । त्यसैगरी, बागमती पाँच खेलबाट चार अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा उक्लिएको छ ।


खेल अवधिभर दुवै टोलीका खेलाडी गोल गर्न सङ्घर्षरत रहेका थिए । तर सफल भने हुन सकेनन् । त्यसैगरी, आजै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले कर्णाली प्रदेशलाई ६–० गोलअन्तरले पराजित गरेको थियो ।

जितसँगै एपिएफ पाँच खेलबाट १३ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लियो । कर्णालीको भने यो लगातार चौथो हार हो । पाँच खेलबाट एक अङ्क मात्र जोडेको कर्णाली तालिकाको नवौँ स्थानमा यथावत् छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here