महँगी ४.१ प्रतिशतमा सीमित, यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)



काठमाडौं । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिना (साउन) मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४।१० प्रतिशतमा सीमित रहेको तथ्यांक सार्वजनिक भएको छ ।

अघिल्लो वर्ष साउनमा मुद्रास्फीति ७।५२ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि बढी भए पनि गैरखाद्य समूहको मूल्य कम बढ्दा मुद्रास्फीति नियन्त्रणमा देखिएको छ ।


नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्था अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढ्दा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति २०९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ भने नेपाल सरकारको खर्च ४० अर्ब २१ करोड र राजस्व परिचालन.९४ अर्ब ७४ करोड रहेको छ । त्यस्तै विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको र वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.७ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढ्दा वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत रहेको छ ।

https://drive.google.com/file/d/1RivVQmA5r1_FvXPsVsLLJnzAKj7ctLDg/preview

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here