मन्त्रिपरिषद्को निर्णयः अनुदान सहायता स्वीकारदेखि मन्त्रीको विदेश भ्रमण स्वीकृतिसम्म



काठमाडौं। सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन यूरो र युनिसेफबाट प्राविधिक सहायताको रुपमा प्राप्त हुने २ मिलियन यूरो गरी २५ मिलियन यूरो बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । उक्त रकम नेपाली रुपैयाँ तीन अर्ब ६७ करोड ४७ लाख बराबर हो ।

त्यस्तै, जापान सरकारबाट प्राप्त हुने १० मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय भएको छ । गत भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले यीलगायत विभिन्न १८ वटा निर्णय गरेको छ ।


त्यसैगरी, सरकारले एनसेल आजियाटा लिमिटेडको लाइसेन्स नवीकरणवापत तिर्नुपर्ने दस्तुरमा चार किस्ताको सुविधा दिएको छ । यो सँगै एनसेलले अहिले ५ अर्ब तिरेर लाइसेन्स नवीकरण गर्न पाउने भएको छ । पहिलो वर्षबाहेक किस्ता भुक्तानी गर्दा एनसेलले १० प्रतिशत व्याज पनि तिर्नुपर्ने छ । योसँगै एनसेलले प्रत्येक वर्ष ५ अर्ब र पहिलो किस्ताबाहेकको किस्ता बुझाउँदा १० प्रतिशतले हुन आउने ब्याजसमेत बुझाउनुपर्ने छ ।

त्यस्तै इन्डोनेसियाको जाकार्तामा आगामी असोज १० मा हुने एक सम्मेलनमा सहभागी हुन स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई स्वीकृति प्रदान गरेको छ ।

https://drive.google.com/file/d/1q2OAbxdVrgu7H8OY1eIyneOLCBGugCqn/preview