भोटेकोशी नदीमा बेपत्ता भएका बोलेरो चालकको शव भेटियो



काठमाडौँ । गत भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानी स्थित भोटेकोसी नदीमा बलेरो गाडी खसेर बेपत्ता चालकको शव फेला परेको छ । 

शसस्त्र प्रहरीका अनुसार गत भदौ २८ गते बोलेरो गाडी खसेपछि बेपत्ता भएका चालकको शव सोमवार बरामद गरिएको छ। शव बरामद गरिएको व्यक्ति सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ५ का ३५ वर्षीय सानु तामाङ रहेको उनका छोराले पुष्टि गरेको शसस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले बताए।


सिन्धुलीको फिक्कल गाउँपालिका ६ सोखुखोलास्थित सुनकोशी नदिबाट वि।व्य।बेश खुर्कोटको सप्रनिको ४ जना गोताखोरसहित ९ जनाको टोली बेपत्ता तामाङको खोजीमा खटिएका थिए।

भदौ २८ मा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ६ ढुंगाखानीस्थित भोटेकोशी नदिमा बोलेरो गाडी खसेपछि तामाङ बेपत्ता भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here