भीमफेदीबाट सात बालश्रमिकको उद्धार



बागमती । श्रम तथा रोजगार कार्यालय हेटौँडाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीस्थित विभिन्न होटलबाट आज सात बालश्रमिकको उद्धार गरेको छ ।

अनुगमननका क्रममा होटलमा बालश्रमिक राखेको पाइएपछि उनीहरुको उद्धार गरी बालश्रमिक राख्ने होटल सञ्चालकमाथि कारबाही प्रक्रिया अघि बढाइएको श्रम तथा रोजगार कार्यालय हेटौँडाका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिए । होटल सञ्चालकले बालबालिकालाई होटलमा विभिन्न काममा लगाउने गरेको पाइएको उनले बताए । आर्थिक वर्ष २०८०/८१ मा ३५ बालश्रमिकको उद्धार गरी उनीहरुलाई बालश्रमिकको रुपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई कारबाही गरिएको थियो ।


आर्थिक वर्ष २०८०/८१ मा ९५ उद्योग प्रतिष्ठानको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकको रुपमा काममा लगाउने ३५ प्रतिष्ठान तथा रोजगारदातालाई कारबाही गरिएको थियो । प्रमुख श्रेष्ठका अनुसार ती प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी रु तीन लाख ९१ हजार क्षतिपूर्ति तिराइएको थियो ।

दुई क्विन्टल गाँजासहित दुई युवक पक्राउ

प्रहरीले मकवानपुरको हेटौँडाबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा२१च ५२२६ नम्बरको पिकअप भ्यानमा लुकाइछिपाइ लगिरहेको दुई क्विन्टल २३ किलो गाँजासहित धादिङको थाँक्रे गाउँपालिका–४ का ३४ वर्षीय चालक जीवन मगर र गाडीमा सवार सोही गाउँपालिका–६ का ३० वर्षीय प्रदीप क्षेत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here