भष्ट्राचारविरुद्ध देशव्यापी अभियान आवश्यक छ : प्रचण्ड



झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भष्ट्राचारविरुद्ध देशव्यापी अभियान आवश्यक रहेको र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए ।

माओवादी केन्द्र दमकको नवनिर्मित कार्यालय भवनको आज उद्घाटन गर्नुहुँदै उनले देशैभरि भ्रष्टाचार बढ्दै गएकाले यस्ता जनविरोधी गतिविधिविरुद्ध पार्टीले आन्दोलन तथा खबरदारी गर्ने बताए ।


पार्टी अध्यक्ष दाहालले पहिचानको मुद्दामा माओवादी केही चुकेको स्वीकारेका अब त्यसलाई सच्याएर सम्पूर्ण आदिवासी, जनजाति, शोषित, पीडित समुदायको आशा र भरोसाको पार्टी बनाएर छाड्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, “लामो शसस्त्र युद्ध, विभिन्न खाले आन्दोलनबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा हाम्रो पार्टीले कसैसँग सम्झौता र  सहमति गर्दैन ।

यसमा हामी दृढ छ ।”दमक–८ स्थित बालुवाटारमा निर्माण गरिएको तीनतले सुविधासम्पन्न कार्यालय भवन उद्घाटनमा पार्टीका दमक नगरअध्यक्ष रवि बस्नेतलगायतले सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here