बालअधिकार सुनिश्चित गर्न सरकार संवेदनशील छः मन्त्री सुडी



काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले बालअधिकार सुनिश्चित गर्नका लागि सरकार संवेदनशील रहेको बताएका छन् ।

राष्ट्रिय बाल दिवस २०८१ मूल समारोहलाई काठमाडौँमा शनिबार सम्बोधन गर्दै उनले बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानी र बालबालिकाको क्षेत्रका विभिन्न सवालहरूलाई सम्बोधन गर्न चालु आर्थिक वर्षमा सङ्घ, प्रदेश र स्थानीय सरकारले लिएको नीति र बजेट व्यवस्थापन गरिएको बताए ।


मन्त्री सुडीले नेपाल सरकारले बालबालिकासम्बन्धी विभिन्न कानुन, नीति, योजना तथा कार्यक्रममार्फत बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य लगायतका विषयमा लगानी गर्दै आएको भए पनि आवश्यक लगानी गर्न नसकेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here