बागमती प्रदेश प्रमुखद्वारा संविधान दिवसको शुभकामना



मकवानपुर । संविधान दिवसका अवसरमा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुभकामना सन्देश जारी गर्दै संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिले उच्चतम समझदारीका साथ काम गर्नुपर्नेमा जोड दिएका छन् ।

“केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा संविधानले आबद्ध गरेको छ, ” उनले सन्देशमा भनेका छन् ।


संविधान कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मुल्य मान्यता र प्रणालीलाई राष्ट्रिय जीवन पद्धति बनाउन संविधान दिवस तथा राष्ट्रिय दिवसले सबैमा उत्साह भर्ने विश्वास उनले व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here