बङ्गलादेशमा मङ्गलबार मात्रै डेङ्गु सङ्क्रमणबाट पाँच जना मृत्यु भएको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबार थप ५३४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यस वर्ष हालसम्म डेङ्गु सङ्क्रमणबाट मृत्यु हुनेको सङ््ख्या १०२ पुगेको छ ।
तथ्याङ्कअनुसार सेप्टेम्बरमा मात्रै तीन हजार नौ सय ७८ डेङ्गुका बिरामी पुष्टि भएका थियो भने अगस्टमा छ हजार ५२१ र जुलाईमा दुई हजार छ सय ६९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।
मन्त्रालयका अनुसार डेङ्गुका कारण सेप्टेम्बरमा १९, अगस्टमा २७ र जुलाईमा १२ जनाको मृत्यु भएको थियो । जुन–सेप्टेम्बर मनसुनको समय भएकाले बङ्गलादेशमा लामखुट्टेबाट हुने रोगको जोखिम उच्च मानिन्छ ।