बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना



बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) की अध्यक्षसमेत रहेकी खालिदालाई बुधबार राति अस्पताल भर्ना गरिएको हो ।  

उनका निजी चिकित्सक प्रोफेसर जाहिद हुसेनलाई उद्धृत गर्दै बीबीसी हिन्दीले समाचारमा लेखेको छ, ‘बेगम जिया बिरामी थिइन्  । त्यसैले मेडिकल बोर्डको सल्लाहमा नियमित जाँच र निगरानीका लागि गएराति अस्पताल ल्याइएको थियो । पछि भर्ना गरियो ।’


७९ वर्षीया पूर्वप्रधानमन्त्री खालिदा लामो समयदेखि मधुमेह, लिभर सिरोसिस, हृदय रोगलगायतका बिरामीसँग जुध्दै आएकी छन् ।

बङ्गलादेशमा सुरु भएको सत्ताविरोधी आन्दोलनका बीच शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेपछि अन्तरिम सरकारले उनलाई कैदमुक्‍त गरिएको थियो । 

खालिदा जियालाई शेख हसिनाकी चिरप्रतिद्वन्द्वी मानिन्छ । उनी भ्रष्टाचारको आरोपमा सन् २०१८ देखि जेलमा बन्द थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here