प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै



काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल आईपुग्दैछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ उनी संयुक्त राज्य अमेरिकाको बोस्टनबाट कतारका लागि प्रस्थान गरेका थिए ।

कतारबाट आज उनी नेपाल आइपुग्न लागेका हुन्। प्रधानमन्त्री ओलीले अमेरिकामा रहँदा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका थिए। प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ४ गते न्युयोर्क प्रस्थान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here