प्रधानमन्त्रीलाई सुमनाको सुझावः ‘अमेरिका जानुअघि कृषि तथा वन विज्ञान विश्वविद्यालयको समस्या समाधान गरेर जानुहोला’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले अमेरिका जानुअघि कृषि तथा वन विज्ञान विश्वविद्यालयको समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् । आज (मंगलबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएकी हुन् ।

त्यस्तै, उनले असोज ३ गतेसम्म काठमाडौं नछाड्न एमालेले सांसदहरुलाई निर्देशन दिएको भन्दै उनले दु्ई तिहाइको सरकारले प्रशासन, विद्यार्थी, शिक्षकहरुमा हुने दलगत राजनीतिलाई खारेज गर्नुपर्ने बताईन् ।


‘अमेरिका जानु अगाडि कृषि तथा वन विज्ञान विश्वविद्यालयको समस्या समाधान गरेर गइदिनुहोला । असोज ३ सम्म आफ्ना सांसदहरुलाई काठमाडौंमै बस्नु भनेर उर्दी जारी गर्नुभएको रहेछ । दुई तिहाइको बलले जनताको समस्या समाधान गर्नुस् भनेर माग गर्न चाहन्छु । प्रशासन, विद्यार्थी, शिक्षकहरुमा हुने दलगत राजनीति दुई तिहाइको सरकारले त्यति चाहीँ दम राखेर खारेज गरिदिनुहोला,’– उनले भनिन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here