प्रदेश संरचना हटाउन सक्ने स्थिति छैनः सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनमार्फत अहिले प्रदेश संरचना हटाउन सक्ने स्थिति नरहेको बताएका छन् । आज (मंगलबार) कांग्रेस कानुन विभागले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रदेशलाई पारदर्शी र उत्तरदायी बनाउने कुरामा मात्रै सोच्न सकिने बताए ।

‘प्रदेश संरचना बनिसकेको छ । हट्ने कुरा छैन, यो हटाउन सक्ने स्थिति पनि छैन । कसरी प्रदेश संरचनालाई उत्तरदायी बनाउने ? प्रदेश संरचनालाई कसरी पारदर्शी बनाउनेदेखि लिएर साह्रा कुराको सम्बन्धमा विचार गर्ने सोच्ने, त्यसअनुरुप सुधार गर्ने कुराहरु हुनसक्छन्,’– उनले भने ।


त्यस्तै, देउवाले प्रजातन्त्रको खिलापमा संविधानका कुनै पनि व्यवस्था संशोधन नहुने बताए । प्रधानमन्त्री केपी शर्मा ओली र आफू प्रजातन्त्रको लागि जेलनेल भोगेर आएको स्मरण गराउँदै उनले अग्रगामी संशोधन हुने विश्वास दिलाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here