प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस र एमोलबीच कुनै मतभेद छैनः सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति कांग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन् । बुधबार काठमाडौँमा नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस र एमोलबीच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने बताए ।

उनले भने, ‘एमाले र कांग्रेस पार्टी मुख्य प्रतिस्पर्धी हौँ। कति कुरा समस्या हुन सक्छन् । तर सरकारलाई पूराका पूरा समर्थन छ । बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन ।’


देउवाले कर्मचारीले जुन पार्टीप्रति आस्था राख्ने भएपनि सरकारले दिएको निर्देशन मान्नुपर्ने बताए । उनले कर्मचारीले जुन पार्टीप्रति आस्था राख्ने भएपनि कर्मचारीले सरकारलाई सहयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘कोही कांग्रेसको समर्थक होला, कोही एमालेको समर्थक होला । जुन पार्टीप्रति आस्था राख्ने भए पनि कर्मचारीले सरकारले दिएको निर्देशन मान्नुपर्ने हुन्छ । कर्मचारीले असहयोग गर्यो भने सरकारले गर्नुपर्ने काम हुँदैन ।’