पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार पोखरास्थित श्रेष्ठको क्लिनिकबाट उनलाई पक्राउ गरेको हो ।

उनले सञ्चालन गरेको दिया फार्मेसीबाट प्रतिबन्धित ट्रामाडोल बेचबिखन हुने गरेको भेटिएको थियो । गत साउनमा लागुऔषधसहित पक्राउ परेका प्रकाश थापा मगरमाथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद भएका श्रेष्ठले आफूलाई स्वास्थ्यमन्त्री बनाउन पार्टीको कोर टीमले तीन करोड रुपैयाँ मागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको संवाद बाहिरिएपछि विवादमा परेका थिए । उनलाई पछि पार्टीले कारबाही गरी हटाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here