पाराओलम्पिकमा कास्य पदक विजेता पलेशालाई पोखरामा सम्मान



कास्की । पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरामा सम्मान गरिएको छ । गण्डकी प्रदेश तेक्वान्दो सङ्घ र कास्की जिल्ला तेक्वान्दो सङ्घले पलेशालाई सम्मान गरेका हुन् ।

आइतबार बिहान आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पलेशालाई सम्मान गरे । नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कास्य पदक जितेकी थिइन् ।


पलेशा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । विसं २०२१ को एसिया युथ पारा गेम्समा स्वर्ण जितेकी पलेशा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here