पाँचौँ संस्करणको ‘बनेपा महोत्सव–२०८१’ सुरु



धुलिखेल । बनेपा ब्वाईज क्लबको आयोजनामा शुक्रबारदेखि पाँचौं संस्करणको बनेपा महोत्सव–२०८१ सुरु भएको छ । विजयादशमी तथा शुभ–दीपावलीको पावन अवसरमा बनेपाको उग्रतिर्थ मन्दिर परिसरमा आयोजना भएको व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेलमेलाको शुक्रबार बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले उद्घाटन गरे । 

त्यसअवसरमा मन्त्री काफ्लेले व्यवसायको ग्यारेन्टी राज्यले लिनुपर्ने भन्दै यसको लागि व्यवसायीले राज्यलाई दिनुपर्ने दायित्व समयमै तिरेर राज्यलाई बलियो बनाउनुपर्नेमा जोड दिए । समृद्धि अरूले नभएर हामीले नै ल्याउने भएकाले सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने भन्दै उनले सरकार यसमा आवश्यक सहजीकरणका लागि तयार रहेको बताए । 


क्लबका अध्यक्ष महेश कर्माचार्यले काभ्रेपलाञ्चोकको बनेपाको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला, खेलकूदको विकास तथा प्रचारप्रसार गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए । उनका अनुसार मेला १६ दिनसम्म सञ्चालन हुनेछ । मेलामा कृषि, घरेलु सामाग्रीलगायत एक सय भन्दाबढी व्यापारिक स्टलहरू राखिएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here