पहिरोले पृथ्वी राजमार्गको तनहुँ खण्ड अवरुद्ध



पोखरा। लगातारको वर्षाले पहिरो खसेपछि पृथ्वी राजमार्गको तनहुँ खण्ड अवरुद्ध भएको छ। व्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कनमा सडकमाथिबाट खसेको पहिरोले यातायात अवरुद्ध भएको हो।

व्यास नगरपालिका–३ मादी नदीको पुलमा सडकमाथिबाट खसेको लेदोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी निरीक्षक कृष्ण चन्दले बताए।


‘सडक निर्माणका लागि खनिएको खाल्डोमा पानी जमेर पोखरी बनेको छ। पानीको निकास गर्न नसके सडक नै बगाउने जस्तो देखिन्छ’, उनले भने।

पृथ्वी राजमार्गको तनहुँको आँबुखैरेनीदेखि कास्कीको पृथ्वीचोकसम्म स्तारोन्नतिको चरणमा छ। सडक विस्तारका लागि खनिएका स्थानमा तीन दिनदेखि परेको झरीले यात्रा गर्न निकै कष्टकर बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here