पलेशालाई पारा एथलिट अफ दि इयरको अवार्ड



काठमाडौं । पारा एथलिट अफ दि इयरको अवार्ड पलेशा गोवर्द्धनले पाएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा पलेसाले यो अवार्ड पाएकी हुन् ।

हाङजाउ पारा एसियन गेम्समा जितेको काश्य पदकका लागि उनलाई यो अवार्ड दिइएको हो । पलेशाले हालै मात्र फ्रान्समा भएको पारालिम्पिक्समा कास्य पदक जितेकी थिइन् । ओलम्पिकमा नेपालले जितेको यो नै पहिलो पदक हो ।


त्यस्तै नेपाली महिला कबड्डी टिम एनएसजेफ पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट टोली घोषित भएको छ । टोलीले चीनमा सम्पन्न एसियाली खेलकुदमा कास्य पदक जितेको थियो । पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत स्पेशल अवार्डबाट भलिबल प्रशिक्षक कुमार राई सम्मानित भएका छन् ।

राईले उत्पादन गरेका थुप्रै महिला भलिबलरहरु अहिले पनि राष्ट्रिय टिममा छन् । नेपाली महिला भलिबलको सफलतामा राईलाई नायकका रूपमा लिइन्छ । उनले राष्ट्रिय टिमका साथै विभागीय टिमका लागि पनि थुप्रै स्टार खेलाडी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here