नेपाल पत्रकार महासंघको निर्वाचनबारे अदालतले माग्यो लिखित जवाफ



काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणसहित लिखित जवाफ माग गरेको छ ।

महासंघको निर्वाचनको विषयलाई लिएर परेको रिटमाथि सोमबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले १५ दिनभित्र  लिखित जवाफ पेस गर्न आदेश गरेको हो । 


ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासंघलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा ६ महिनाभित्र निर्वाचन गराउन अन्तरिम आदेशको माग गरिएको छ । 

रिट निवेदनमा वर्तमान कार्यसमितिले तोकिएको मितिमा निर्वाचन गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट निकास दिनुपर्ने माग गरिएको थियो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here