निर्माण व्यवसायीद्वारा लुम्बिनी विकास कोषका सदस्य–सचिव र कोषाध्यक्षमाथि आक्रमण



बुटवल। आन्दोलनरत निर्माण व्यवसायीले लुम्बिनी विकास कोषका पदाधिकारीमाथि आक्रमण गरेका छन्। आक्रमणका क्रममा कोषका सदस्य–सचिव सानुराजा शाक्य र कोषाध्यक्ष ढुण्डीराज भट्टराई सामान्य घाइते भएका छन्।

मंगलबार निर्माण व्यवसायीहरुले फाइभ इलेमेन्ट होटलबाट बाहिरी रहेका कोषका पदाधिकारीमाथि आक्रमण गरेका हुन्।


लुम्बिनी विकास कोषका पदाधिकारीलाई होटलको ढोकामा हुल हुज्जल गरिएको र कोषका सदस्य–सचिव शाक्य र कोषाध्यक्ष भट्टराईमाथि आक्रमण गरिएको लुम्बिनी विकास कोषले जनाएको छ।

२० जनाको समूहमा रहेका आन्दोलनकारीले आक्रमण गर्दा त्यहाँ उपस्थित सांसद र कोषका कर्मचारीले उनीहरूलाई जोगाएका थिए। सदस्य–सचिव शाक्य र कोषाध्यक्ष भट्टराईलाई सामान्य चोटपटक लागेको छ।

आन्दोलनरत निर्माण व्यवसायीको माग सम्बोधन गरी समस्या समाधान गर्न लागिपरेका बेला हुलहुज्जतसहित अपमानजनक रूपमा आक्रमण गर्नु दुःखद भएको कोषाध्यक्ष भट्टराईले बताएका छन्।

लुम्बिनीमा निर्माणसम्बन्धी काम गरिरहेका चार वटा जेभी आफूहरूले काम गरेबापत रनिङ बिलको करिब ४९ करोड भुक्तानी पाउनुपर्ने माग गर्दै गत शुक्रबारदेखि आन्दोलित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here