नदी तटीय क्षेत्रसम्बन्धी फैसालाले अन्योल पैदा ग¥यो, तत्काल ‘भ्याकेट’मा जानुपर्छ : नेता पन्त



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद रघुजी पन्तले काठमाडौँ उपत्यकाका नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको फैसलाले ठूलो अन्योल पैदा गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सो फैसलामाथि पुनःविचार गरेर समयानुकूल बनाउन सरकार तत्काल ‘भ्याकेट’मा जानुपर्नेमा जोड दिए ।

“पुनरावलोकनका लागि सरकारले तत्काल पाइला चाल्नुपर्छ”, सांसद पन्तले भने, “फैसला गर्दा बागमती संस्कृतिप्रति ध्यान नगएको देखिन्छ काठमाडौँ, ललितपुर र भक्तपुरका जनताको मनोभावना बुझेर अदालतले आफ्नो फैसला पुनरावलोकन गर्नुपर्छ ।”


फैसला कार्यान्वयन गर्ने हो भने जलविनायक, गोकर्णेश्वरलगायत धेरै मठमन्दिर नदी किनारामा छन्, तिनलाई के गर्ने ? भन्ने प्रश्न उठेको जनाउँदै उनले भने, “अहिलेको प्रावधानले आर्यघाट कहाँ पर्छ, पशुपति र गुह्येश्वरी मन्दिर बागमतीबाट २० मिटर पनि छैन । थप २० मिटर लिने हो भने मठमन्दिरको अस्तित्व के हुन्छ ?” उपत्कायका नदीको दुर्दशा भएको तथ्यप्रति आफू पूर्ण सहमत भएको जनाउँदै उनले नदी संरक्षणमा फरक ढङ्गबाट सोच्न आग्रह गरे । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here